प्रशासकीय भवनको बिवरण उपलब्ध गराउने सम्बन्धमा । (गाउँपालिका / नगरपालिका / उप-महानगरपालिका) सबै

बिवरण प्रविष्टिको फाराम खोल्न यहाँ Click गर्नुहोस अथवा https://mofaga.gov.np/lg-building खोल्नुहोस ।

प्रशासकीय भवनको बिवरण उपलब्ध गराउने सम्बन्धमा Direct Download

https://mofaga.gov.np/news-notice/1775

स्थानीयसभाको कानुन निर्माण प्रकृया सम्बन्धी कार्यशाला

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजना र जिआइजेट तथा सम्बन्धित गाउँपालिकाको आर्थिक सहयोगमा तीनवटा गाउँपालिकामा संसदीय अभ्यास सिकाइ कार्यशाला हालै सम्पन्न भएको छ । रुपन्देहीको सियारी, सल्यानको त्रिबेणी र बाँकेको बैजनाथ गाउँपालिकामा संचालन गरिएको २ दुई दिने कार्यशाला मा गाउँसभा संचालन र कानुन निर्माण प्रकृयामा नमुना अभ्यास गराईएको थियो ।

कार्यशालामा सम्बन्धित प्रदेशले बनाएको कानूनअनुसार स्थानीय तहको सभा सञ्चालन प्रक्रिया र स्थानीय कानून निर्माण प्रकृयाका विषयमा नमुना गाउँसभा नै सञ्चालन गरिएको थियो । कार्यशालामा सम्बन्धित गाउँसभाका सबै सदस्यहरू र शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । दुवै कार्यशालामा विधेयकहरूको तयरी, सभामा विधेयक प्रस्तुत, छलफल, र पारित गर्ने प्रक्रियाहरूको जानकारी दिन नमुना गाउँसभा गरिएको थियो ।

गाउँसभा सञ्चालन प्रक्रिया र कानून निर्माण प्रक्रियाबारे प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ४÷४ वटा क्षेत्रको कानूनसमेत तर्जुमा समेत गरिएको छ । सियारीमा संचालित कार्यशालामा गाउँप्रहरी विधेयक, शिक्षा विधेयक र सार्वजनिक खरिद नियमावली माथी अभ्यास गरिएको थियो ।

त्यसैगरी त्रिवेणी गाउँपालिकामा संचालित कार्यशालामा एफ.एम.रेडियो संचालन र व्यवस्थापन विधेयक, संघसंस्था दर्ता विधेयक, उद्योग विधेयक र आधारभुत स्वास्थ्य तथा सरसफाई विधेयकमा छलफल गरिएको थियो । वैजनाथ गाउँपालिकामा भएको कार्यशालामा स्थानीय शिक्षा विधेयक, आधारभुत स्वास्थ्य तथा सरसफाई विधेयक, स्थानीय पूर्वाधार विकास व्यवस्थापन विधेयक र संघसंस्था दर्ता विधेयकमा अभ्यास गरिएको थियो ।

दुवै कार्यशालाको सहजिकरण महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेल, अधिवक्ताहरू प्रेमप्रसाद धिताल र हरिप्रसाद मैनालीले गरेका थिए ।

विधालय शिक्षक नियूक्ति सम्बन्धी परिपत्र बारे हाम्रो धारणा

Discussion Program in Province 2

गाउँपालिका राष्ट्रिय महासंघको टोलीले सम्माननीय राष्ट्रपति समक्ष शितलनिवासमा भेट गरी स्थानीय सरकारका गतिविधिका सम्बन्धमा अवगत गरायो

गाउँपालिका राष्ट्रिय महासंघको टोलीले सम्माननीय राष्ट्रपति समक्ष शितलनिवासमा भेट गरी स्थानीय सरकारका गतिविधिका सम्बन्धमा अवगत गरायो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूबाट संघीयताको मर्म र जनचाहना बुझेर स्थानीय सरकारले प्रभावकारी कार्य गर्न र कमीकमजोरी सुधार गर्न महासंघले सहजिकरण गर्न अनुरोध गर्नुभयो । स्थानीय सरकारका सवालमा संबैधानिक आयोगका प्रतिवेदनहरु सकारात्मक छैनन् । यसलाई गलत सावित गर्नेगरी कार्य गर्न अनुरोध गर्नुभयो । भेटका क्रममा गाउँपालिकाहरुले सम्पादन गरेका असल अभ्यासहरुको पुस्तक अध्यक्षबाट सम्माननीय राष्ट्रपतिलार्य हस्तान्तरण गर्नुभयो ।

Central Committee Meeting in Chitwan

पाँचौ बैठक तथा स्थानीय सरकारका सरोकारहरु विषयक छलफल कार्यक्रम 2076 श्रावण 25-26 सौराहा, चितवन