गाउँपालिका राष्ट्रिय महासंघको टोलीले सम्माननीय राष्ट्रपति समक्ष शितलनिवासमा भेट गरी स्थानीय सरकारका गतिविधिका सम्बन्धमा अवगत गरायो

गाउँपालिका राष्ट्रिय महासंघको टोलीले सम्माननीय राष्ट्रपति समक्ष शितलनिवासमा भेट गरी स्थानीय सरकारका गतिविधिका सम्बन्धमा अवगत गरायो । भेटमा सम्माननीय राष्ट्रपतिज्यूबाट संघीयताको मर्म र जनचाहना बुझेर स्थानीय सरकारले प्रभावकारी कार्य गर्न र कमीकमजोरी सुधार गर्न महासंघले सहजिकरण गर्न अनुरोध गर्नुभयो । स्थानीय सरकारका सवालमा संबैधानिक आयोगका प्रतिवेदनहरु सकारात्मक छैनन् । यसलाई गलत सावित गर्नेगरी कार्य गर्न अनुरोध गर्नुभयो । भेटका क्रममा गाउँपालिकाहरुले सम्पादन गरेका असल अभ्यासहरुको पुस्तक अध्यक्षबाट सम्माननीय राष्ट्रपतिलार्य हस्तान्तरण गर्नुभयो ।